ad ad

कारोबार


बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न

बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १९:६, नयाँ दिल्ली

बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र बीवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भएको छ। 

उक्त कार्यक्रम नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनको लागि गएको नेपाली पत्रकारहरुलाई नेल पेनेट्रेसन टेस्ट देखाउन गरिएको थियो। निकै ठूलो सुरक्षा विधि अपनाएर गरिएको परिक्षणमा बीवाइडी ब्लेड ब्याट्री निकै सुरक्षीत बनेको थियो। 

मिडियालाई देखाइएको परिक्षणमा एनसीएम ब्याट्री र बीवाइडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो। सुरक्षीत डोम भित्र परिएको टेष्टमा एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो। तर, त्यही प्वालपार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आगोलाग्ने वा पड्कने केही भएन। 

बीवाइडी इन्डियाका नेशनल सेल्स हेड, प्यासेन्जर भेहिकल बिजनेश यूनिटका प्रमुख श्रीराङ जोशीले नेपालबाट गएका साइमेक्स इंक र मिडियाका प्रतिनिधिहरुलाई स्वागत गर्दै ब्याट्रीको विशेषताको बारेमा जानकारी दिएका थिए। उनले भने, ‘हाम्रो ब्याट्री सुरक्षा र रेन्जको लागि प्रसिद्ध छ, त्यसैले विश्वका धेरै गाडी निर्माताले प्रयोग गर्न चाहेका छन्।’

ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टीग्रेट मात्र पुगेको थियो। जबकी अन्य एनसीएम ब्याट्री ३०० देखि ४०० डिग्री पुगेको थियो। तपक्रम नबढ्दा ब्लेड ब्याट्री पड्कने र धुँवा भएन। तर, एनसीएम ब्याट्री ठूलो आवाज गरेर पड्केको थियो।

निकै स्मार्ट र स्लीम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ। यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ। त्यही कारण पातलो तथा लामो व्याट्री प्याक बन्छ।

ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त हुन्छ। अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ।

ब्लेड ब्याट्रीको फाइदा
ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई ३ हजार पूर्याउनु हो, त्यही कारण सिंगल व्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिन्छ।

यो ब्याट्रीलाई फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीको दावी छ। बीवाइडीले हान मोडलमा प्रयोग गरेको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ६०५ किलोमिटरसम्म रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .