ad ad

कारोबार


गल्फ लुब्रिकेन्टद्वारा स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १६:२६, काठमाडौँ

नेपालमा गल्फ लुब्रिकेन्टका  उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ।  

पुस ९ देखि १३ सम्म सो  क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको कम्पनीले जनाएको छ। स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज  प्रदान गरेको थियो। 

ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क बडी चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो।  सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई   उपहार स्वरूप  गल्फको  टी–शर्ट, कि– रिङ्ग र डटपेन प्रदान  गरिएको थियो। क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारिक ओईएम सेल्स  पार्टनर राजेश ट्रेडर्स  एंड  सप्लायर्सको संयुक्त आयोजनामा भएको हो।  

कम्पनीका  अनुसार, स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई थप इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको  लाभ सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो। 
सो क्याम्पमा १७० भन्दा धेरै ट्रयाक्टर धनीहरु सहभागी थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .