ad ad

कारोबार


टाटाका नक्कली पार्टपुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालकलाई कारबाही

टाटाका नक्कली पार्टपुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालकलाई कारबाही

नेपालखबर
पुस १४, २०७९ बिहिबार १६:५१, काठमाडौँ

नेपाल प्रहरीले आज काठमाण्डौको ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सो पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ। 

निज व्यक्तिले लामो समयदेखि भारतबाट अवैध रुपमा नक्कली पार्टसहरु झिकाई बिक्री वितरण गर्दै आइरहेका थिए। 

सो क्रममा प्रहरीले सो न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा निज व्यक्तिले टाटाका नक्कली पार्टस बिक्रीवितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ। 

रौनियार मात्र नभएर देशैभर अन्य व्यक्तिहरु पनि यस्ता खालका कारोबारमा संलग्न भएको उनले बताएका छन्। प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .