ad ad

कारोबार


२०२३ मा ५ नयाँ गाडी सार्वजनिक गर्ने टाटा मोटर्सको तयारी

२०२३ मा ५ नयाँ गाडी सार्वजनिक गर्ने टाटा मोटर्सको तयारी

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार १४:१४, काठमाडौँ

टाटा मोटर्सले सन् २०२३ मा ५ नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरेको छ।

कम्पनीले आफ्नो विद्युतीय कारसँगै कम्प्याक्ट र मिडसाइजका एसयूभी सेग्मेन्टमा पनि नयाँ प्रोडक्ट लन्च गर्न लागेको हो। 

आगामी केही महिनामा नै टाटा मोटर्सको माइक्रो एसयूभी पञ्चसँगै प्रिमियम हचब्याक अल्ट्रोजको विद्युतीय भेरियन्ट सार्वजनिक गर्ने तयारी छ। त्यस्तै आफ्नो धेरै बिक्री भएको एसयूभी नेक्सनको आकर्षक लुक्स र फिचरसँगै पेस हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कम्पनीले आगामी केही महिनाभित्र आफ्नो दुई शक्तिशाली एसयूभी ह्यारियर र सफारीको अर्को पुस्ताको मोडल सार्वजनिक गर्नेछ ।

टाटाले नेक्सनको फेसलिफ्टमा आकर्षक लुक्स र अपग्रेडेड फिचरहरुसँगै इन्धन पर्याप्तताबारे पनि विचार गर्न सक्नेछ । नेक्सन फेसलिफ्ट आगामी वर्षको छ महिनाभित्र बजारमा आउनसक्ने जनाइएको छ । केही दिनमा सुरु हुन लागेको अटो एक्स्पोमा उक्त कारको झलक देख्न सकिनेछ । त्यस्तै टाटाले ह्यारियर र सफारीको अर्को पुस्ताको मोडलको पनि तयारी गरिरहेको छ । दुवै पेट्रोल इन्जिन अप्सनमा आउन सक्नेछ ।

टाटाले किफायती विद्युतीय कार टियागो ईभीको डेलिभरी अर्को महिना सुरु हुने जनाएको छ । त्यसपछि कम्पनीले पञ्च इलेक्ट्रिक लन्च गर्नेछ। मिडिया रिपोर्टहरुका अनुसार अल्ट्रोजलाई पनि विद्युतीय भेरियन्टमा ल्याउन सक्नेछ । यसको प्रोटोटाइप भर्सनलाई अटो एक्स्पो २०२० मा नै कम्पनीले शोकेस गरेको थियो । अब अटो एक्स्पो २०२३ मा पञ्च ईभी र अल्ट्रोज ईभीको उतपादन रेडी मोडल शोकेस गर्न सक्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .