ad ad

कारोबार


चितवनमा अटोमोबाइल व्यवसायीहरुको बृहत् भेला हुँदै

चितवनमा अटोमोबाइल व्यवसायीहरुको बृहत् भेला हुँदै

नेपालखबर
पुस ७, २०७९ बिहिबार १८:२२, काठमाडौँ

अटोमोबाइल्स व्यवसायीहरुले चितवनमा बृहत् भेला गर्ने भएका छन्। 

उनीहरुले शुक्रबार र शनिबार चितवनको सौराहामा रहेको पार्क सफारी रिसोर्टमा भेला आयोजना गरेका हुन्। 

भेलामा नाडाका पूर्वअध्यक्षहरु, नाडाका सातै प्रदेश एसोसिएसनका अध्यक्षहरु लगायत पदाधिकारीहरु तथा नाडाका केन्द्रीय कार्यसमितिको सहभागिता रहने नाडाले जनाएको छ। 

खासगरी अटोमोबाइलको वर्तमान परिस्थिति सम्बन्धमा दुई दिने बृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना हुने भएको छ।

सो कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एसोसिएसनहरुबीच  नेपालको समग्र अटोमोबाइल क्षेत्रले वर्तमान समयमा भोग्नुपरिरहेको समस्या र बैंकहरुको उच्च ब्याजदर लगायत चालू पुँजी कर्जा लागु गरेको जोखिम भार र एलसी मार्जिनका विषयको सम्बन्धमा अटोमोवाइल व्यवसायीहरुले कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफलगरी आवश्यक निर्णय गर्नेछन्।

नाडाले गत मंसिर १६ गते पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी २०७९ मंसिर २२ गते काठमाडौं लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो । 

सो बृहत् छलफलमा सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथी उल्लिखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स  व्यवसायीहरु धमाधम पलाउन हुने अवस्था आएकोले आगामी दिनको कार्ययोजना र निष्कर्श निकाल्ने व्यापक छलफल हुने बताउँदै आएका छन्।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा प्रस्तुति समेत दिनेछन्। 

सोही क्रममा नाडाका पूर्व अध्यक्षहरुले कार्यक्रमलाई सम्बोधन गर्दे सो विषयका सम्बन्धमा मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रम सम्पन्न हुनु भन्दा अघि नाडाको १३औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने नाडाले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .