गाडी आयातको प्रतिबन्ध असोज २८ गतेसम्म लम्बिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनसहितका विलासिताका वस्तु आयातमा असोज २८ गतेसम्म प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी पेट्रोल डिजेलका सम्पूर्ण जिप, कार, भ्यानहरु प्रतिबन्ध लागेको छ। एम्बुलेन्स र शबवाहनबाहेकका सवारी नेपाल आयात गर्न पाउँदैनन्।
त्यस्तै २ पांग्रेमा १५० सीसीमाथिका सबै मोटरसाइकल आयात प्रतिबन्ध लम्बिएको छ।
सरकारले २०७९ साउन १ गतेअघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका १५० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकलको हकमा यो व्यवस्था लागू नहुने उल्लेख गरेको छ।
वैशाख १३ गतेभन्दाअघि बैंकिङ माक्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका जीप कार, भ्यान, मोटरसाइकलमा पनि उक्त व्यवस्था लागू नहुने राजपत्रमा उल्लेख रहेको छ।
सरकारले पहिलो वैशाख १३ देखि असार मसान्तसम्म विलासिताका वस्तुमा प्रतिबन्ध लगाएको थियो। फेरि १ देखि भदौ १४ गतेसम्म बढाएकोमा दोस्रो पटक म्याद थप गरेको हो।
त्यस्तै ३०० देखि ६०० अमेरिकी डलरसम्म मूल्य भएका स्मार्टफोनको प्रतिबन्ध पनि लम्बिएको छ।
Shares

प्रतिक्रिया