नाडा ईभी एक्स्पोको स्टल बुकिङ खुल्ला भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आउँदो असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने शोको लागि स्टल बुकिङ खुल्ला भएको हो।
काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नेपालमै पहिलोपटक नाडा ईभी एक्स्पो हुनलागेको हो।
उक्त ईभी एक्स्पोका लागि आज बाट भदौ ५ गतेसम्मका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको नाडा ईभी एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सम्बन्धित सवैलाई उक्त एक्स्पोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन्।
63
Shares

प्रतिक्रिया