सवारीसाधन कम्पनी ग्रेटवाल मोटर्सको अधिकृत बिक्रेता जीडब्ल्यूएम नेपालले आफ्नो बिक्रीपछिको सेवा ललितपुर जिल्लाको चाकुपाटमा सञ्चालन गर्ने घोषणा गरेको छ।
कम्पनीले विश्वस्तरीय सुविधाहरुको मापदण्डअनुसारको सर्भिस सेन्टर खोलेको हो।
कम्पनीका अनुसार सेन्टरले १५ हजार वर्गफिट बढी क्षेत्र ओगटेको छ। यसमा प्रतिमहिना छ सयभन्दा धेरै सवारीसाधनहरुको द्रुत सेवा प्रदान गर्ने क्षमता छ। यसका छ कक्षहरु छन्।

जीडब्ल्यूएमका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न यो सुविधा हाइटेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित रहेको कम्पनीले जनाएको छ। यहाँबाट स्पेयर पार्ट्स सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
जीडब्ल्यूएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले आफ्ना प्रशिक्षित प्राविधिकहरु अत्याधुनिक सुविधाहरु सेवाकेन्द्र र विशिष्ट ग्राहक सेवामार्फत सेवा प्रदान गर्ने बताए।

उनले भने, ‘हामीले यस सेवामार्फत तपाईंको गाडीको हेरचाह मात्र नभई गाडीको तपाईंको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ।’
त्यस्तै जीडब्ल्यूएम सर्भिसका उपमहाप्रबन्धक अजित पटेलले सर्भिस सेन्टर विश्वस्तरीय सुविधायुक्त रहेको बताए। यहाँ नवीनतम डायग्नोस्टिक उपकरण र असली पार्ट्स प्रयोग हुने पनि उनले बताए।




Shares

प्रतिक्रिया