कारोबार


२२ लाखमै किन्न सकिने हेनरीको विद्युतीय मिनी कार

२२ लाखमै किन्न सकिने हेनरीको विद्युतीय मिनी कार

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १६:२०, काठमाडौँ

नेपालमा सस्ता विद्युतीय गाडी भित्रिन सुरु गरेका छन्। 

बजारमा २२ लाख रुपैयाँमै हेनरी ब्रान्डको विद्युतीय कार भित्रिसकेको छ। 

नेपालमा पायोनियर वल्र्डवाइड प्रा.लिले ३५ किलोवाट मोटर पावरको विद्युतीय गाडी बिक्री गर्दै आएको छ। लिथियम आयन ब्याट्री क्यापासिटी १७ किलोवाट आवर छ। 

टाइगर मोडलको उक्त कारको अधिकतम गति १०० किमि प्रतिघण्टा छ। गाडीमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ भने हिलहोल्ड र एबीएस ब्रेक, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको छ। 

४ सिट रहेको गाडीमा पावर विन्डो, सेन्ट्रल लक एन्ड रिमोर्ट, पियु लेदर सिट, अलोय ह्विल रहेको छ। गाडीको बुट स्पेस २५० लिटरको छ भने इको र स्पोर्ट्स २ मोडमा गाडी चलाउन सकिन्छ।

गाडीमा मोबाइल चार्जर सकेट रहेको छ। 

सिटीमा फुल एसीमा १२५ देखि १५० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। कम्पनीले हाल ब्याट्रीमा ५ वर्षको वारेन्टी दिएको छ। 

नेपालको सडकमा गाडी परीक्षण भइसकेको कम्पनीले जनाएको छ। चिनियाँ ब्रान्डको हेनरीले हाल एउटा मोडल नेपाल भित्र्याएको हो। 

‘अहिले हेनरीको टाइगर मोडल भित्र्याएका छौँ’, कम्पनीका उपकार्यकारी निर्देशक श्याम सापकोटाले भने, ‘अहिले ४ वटा गाडी भित्रिएको छ। थप ५० वटाको लागि एलसी खोलिसकेका छौँ।’

उनले एलसी खोलिसकेका गाडी नेपाल आउने प्रक्रियामा रहेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad