कारोबार


सेगवे नाइनबटले ल्यायो स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१२५, मूल्य ३ लाख ९१ हजार

सेगवे नाइनबटले ल्यायो स्मार्ट इलेक्ट्रिक स्कुटर इ–१२५, मूल्य ३ लाख ९१ हजार

नेपालखबर
चैत २९, २०७८ मंगलबार १४:१६, काठमाडौँ

सेगवे–नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ। 

सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने इ–स्कुटर ब्रान्ड हो। नेपालमा सेगवे ई–१२५ को विक्री यही चैत १९ देखि वारेन्टीसहित सुरु भइसकेको छ। 

नेपालमा नाइनबटका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ।

सेगवे ई–१२५
ईलेक्ट्रिक स्कुटर ई–१२५ संयुतm राज्य अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो। २०२० रेड डट डिजाइन अवार्ड विजेता यो इलेिक्ट्रक स्कुटर सेगवे नाइनबटद्धारा बनाइएको ई शृृंखलाअन्तर्गतको पहिलो स्कुटर हो।

यो इलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ। प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।

प्रति घण्टा ७५ किमिसम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २४ सय वाट बोस्क इलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएम को अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७४भी र २७ एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ । स्कुटर सँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन् ।

बोस्कको १० औँ पुस्ताको डुअल च्यानल एबिएसब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ । सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरु प्रदान गर्दछ । आईपीएक्स५ वाटरप्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ । साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिंदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिन्छ । 

सेगवे इ–१२५ दूई भिन्न आकर्षक रंगहरुमा उपलब्ध छ – सेतो र ग्रे । यो स्कुटरको नेपाली मूल्य ३ लाख ९१ हजार रुपैयाँ तोकिएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad