कारोबार


युरोपबाट परिमार्जनसहित आयो स्कोडा कोडियाक, फेसलिफ्टसँगै अरु के–के सुविधा?

युरोपबाट परिमार्जनसहित आयो स्कोडा कोडियाक, फेसलिफ्टसँगै अरु के–के सुविधा?

नेपालखबर
चैत २९, २०७८ मंगलबार ११:५३, काठमाडौँ

नयाँ स्कोडा कोडियाक फेसलिफ्टसहित बजारमा आएको छ। 

स्कोडा शोरुमहरूमा उपलब्ध यो कार सन् २०१८ मा नेपाली बजारमा लन्च भएको थियो। 

हाल फेसलिफ्टसहितको नयाँ स्कोडा कोडियाक नेपाली बजारका लागि युरोपबाट आयात गरिएको हो। 

चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरी यसको एरोडायनामिक सुधार गरेको कम्पनीले जनाएको छ। 

स्कोडा डिभिजन–एमएडब्लु इन्टरप्राइजका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘नयाँ स्कोडा कोडियाक डिजाइन सौन्दर्य, आराम, इञ्जिन र गतिशील क्षमताहरूका साथै पूरै विचार गरेर केबिन थपिएको छ। धेरै सेग्मेन्टका प्रमुख सुविधाहरू र बेजोड सुरक्षाका साथ, स्कोडा कोडियाक परिवारका लागि पूर्ण सुविधा सम्पन्न प्याकेज हो, चाहे यो दैनिक ड्राइभिङ होस् वा रोमाञ्चक अफ–रोड यात्रा!’

पुनः डिजाइन गरिएको फ्रन्ट र अझ रग्डरुप
स्कोडाले कोडियाकको अपिरियन्यसमा विशेष परिमार्जन गरेको छ, सफल एसयूभीलाई अझ धेरै रग्ड लुक प्रदान गर्दै यसको एरोडायनामिक्सलाई पनि अनुकूलन÷अप्टिमाइज गरेको छ। 

माथिल्लो र आकर्षक बोनेट र नयाँ डिजाइन गरिएको, थप ठाडो स्कोडा ग्रिलले कारलाई हेर्दा अझ बढी आकर्षक देखाएको छ। एड्याप्टिभ फ्रन्ट हेडलाइट प्रणालीका साथ एलईडी हेडलाइटहरू उल्लेखनीय रूपमा स्लिम छन् र, पुनः व्यवस्थित फगलाइटहरूसँग, अँध्यारोमा पनि राम्रोसँग देखिने सुविधा सिर्जना गर्दछ।

अझ आरामदायी विशेषताहरुले यसको इन्टेरियरलाई पु¥याएको छ नयाँ स्तरमा
स्कोडाले कोडियाकको भित्री भागलाई नयाँ डेकोरेटिभ स्ट्रिपहरू, थप कन्ट्रास्टीङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फंक्सन प्रदान गरेर नयाँ स्तरमा लैजान्छ। 

पहिलो पटक, ठूला एसयूभीका विकल्पहरूको दायरामा एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू समावेश छन्, जसमा तताउने विकल्पको साथ मल्टिवे इलेक्ट्रिक सीट समायोजन छ। 

क्यान्टोन साउन्ड सिस्टम अर्को वैकल्पिक अतिरिक्त विशेषता हो, जसले ड्यासबोर्डमा केन्द्रीय स्पिकर र बुटमा सबवुफरको अतिरिक्त दस स्पिकरहरू प्रदान गर्दछ ।

भर्चुअल ककपिट
१०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल ककपिट छ ।

डिजाइन
कोडियाक सबैभन्दा अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको कार मात्र होइन । यसको टोर्नाडो लाइनहरू, सटीक किनारहरू र क्रिस्टललाइनले यसमा विशिष्ट स्टाइल थप्दछ। 

ब्रान्डले कारको बहुमुखी चरित्र प्रतिबिम्बित गर्ने डिजाइनको साथ आफ्नो नयाँ डिजाइन भाषा एसयूभी सेग्मेन्टमा स्थानान्तरण गर्दछ। स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ। 

चौडा, त्रि–आयामी रेडिएटर ग्रिल आकर्षक र साँघुरो छ, रेडिएटर ग्रिलमा नदेखिने गरी पर्फेक्टली प्रवाह हुने ¥याङ्क्ड हेडलाइटहरूले स्कोडा कोडियाकलाई एक विशिष्ट रूप दिन्छ ।

इन्जिन र ट्रान्समिसन
२.० टीडीआईले ११० केडब्ल्यू (१५० पीए) र ३४० एनएम टर्क जेनेरेट गर्छ । यसको सम्पूर्ण फोर ह्विलहरु ७–स्पिड डुअल क्लच ट्रान्समिशनबाट स्वचालित छन् ।

सुरक्षा, आराम र सहुलियतः
नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा घुडाको एअरब्यागका साथ ९ एअरब्यागहरु, इबिडिका साथ एबीएस, बे्रक असिस्ट, मल्टी कलिसन ब्रेक, चौतर्फि पार्किङ सेन्सर र ब्लाइन्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् । कोडियाकले इलेक्ट्रीकलरुपमा एड्जष्ट गर्न मिल्ने प्यानारामिक सनरुफका साथ नयाँ आयाम रचेको छ, जसले खुलापनको आभाषलाई अझ उजागर गर्छ । 

यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ व्हील र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्दछ ।

राइड र ह्यान्डलिङ
स्कोडा कोडियाक ४ह्४ अल–व्हील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरुका साथ आउँछ । स्कोडाको लार्ज एसयूभी त्रिनिटी १८–इन्च व्हीलहरुका साथ सुसज्जित भएर आउँछ।

इन्फोटेन्मेन्ट र कनेक्टिभिटी
यसका साथै यो २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सिमिटी सेन्सर, भ्वाइस कमाण्ड कन्ट्रोल (ध्वनि आदेश नियन्त्रण) र अडियो नियन्त्रणका साथ आउँछ ।

सामग्री र स्टोरेज
स्कोडा कोडियाकमा रहेको सिम्प्ली क्लेभर नामक विशेषता स्कोडाले तपाईंको लगानीमा जहिले पनि अलिकति बढी दिन्छ भन्ने प्रमाण हो– दैनिक जीवनमा व्यावहारिक र सुविधाजनक सहायता जुन ब्रान्डको मान्यता हो । पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि यसमा उपलब्ध गरिएको छ।

२७० देखि २००५ एल (रियर सिट फोल्ड डाउन गर्न मिल्ने) को भोल्युमको साथ स्कोडा कोडियाकले आफ्नो क्लासमा सबैभन्दा ठूलो बूट प्रदान गर्दछ। यसमा विद्युतीयरुपमा नियन्त्रण गर्न मिल्ने पाँचौं ढोका र केसी (किलेस इन्ट्री, स्टार्ट र स्टप बटन) उपलब्ध छ। यसका साथै यसमा फुट सेन्सरका साथ भर्चुअल पेडल ओपन र क्लोज द बुट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad