नेपाल विद्युत् प्राधिकरणले डेढ दर्जन बढी टाटा नेक्सन ईभी गाडी खरिद गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले केही समयअघि आह्वान गरेको टेन्डर प्रक्रियाअनुसार टाटाको नेक्सन खरिद गरेको हो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार टाटासँग २० वटा विद्युतीय सवारीसाधन खरिद गरेको छ।
प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले केन्द्रीय कार्यालयमा कर्पोरेट कामको लागि टेन्डरमार्फत विद्युतीय गाडी खरिद गरेको बताए।
‘अहिले २–३ वटा मात्रै विद्युत् प्राधिकरणसँग विद्युतीय गाडी रहेका थिए’, भट्टराईले भने, ‘२० वटा विद्युतीय गाडी खरिद गरेका हौँ।’
नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनमा जोड दिँदै आएको प्राधिकरणले सरकारी निकायमध्येमै धेरै बिजुली कार खरिद गरेको हो।
नेपालमा टाटाले गत साउनमा नेक्सन ईभी सार्वजनिक भएको थियो। नेक्सन ईभी नेपालमा बढी बिक्री हुने विद्युतीय गाडीमा पर्छ।
नेपालमा हाल नेक्सन इभीको सुरुवाती मूल्य ३६ लाख ९९ हजार रहेको छ।
नेपाल बिधुत प्राधिकरणले खरिद गरेका Electric गाडीहरु !
— Asha Khanal (@asha_jr10) April 9, 2022
Go electric! #NEA pic.twitter.com/rJFsd0gX7M
Shares

प्रतिक्रिया