कारोबार


बेवारिसे अवस्थामा भेटियो २१ लाख मूल्यका ७ वटा बुलेट मोटरसाइकल

बेवारिसे अवस्थामा भेटियो २१ लाख मूल्यका ७ वटा बुलेट मोटरसाइकल

नेपालखबर
चैत २४, २०७८ बिहिबार १४:२१, काठमाडौँ

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट महानगरीय अपराध महाशाखाले सातवटा बुलेट मोटरसाइकल बरामद गरेको छ। 

महाशाखाबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानहरुबाट २१ लाख मूल्यबराबरका रोयल इन्फिल्ड कम्पनीका बुलेट मोटरसाइकलहरु बरामद गरेको हो। 

ती मोटरसाइकललाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण  काठमाण्डौ पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ। 

ती मोटरसाइकल भारतबाट भन्सार छली ल्याइएको हुनसक्ने प्रहरीको भनाइ छ।

बरामद भएको बुलेट मोटरसाइकल नम्बरहरु
१ सुपप्र ०१–००९ प २०५०
२ से७प.८४८९ 
३ प्र०१–०४९ प ३३२६ 
४ बा४९ प ९३२२ 
५ बाप्र०२–०२३–२४७४ 
६ सुप्रप्र०१–००९प५१६६
७ सुपप्र०१–००८ प–५५९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad