नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज (सोमबार) भारतमा सुरु हुँदै छ।
दुई दिनसम्म चल्ने बैठकमा भारतसँग ऊर्जासम्बन्धी विभिन्न विषयमा छलफल र सहमतिको प्रयास हुनेछ।
नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले बैठकको नेतृत्व गर्नेछन्।
मन्त्रालयका सचिव घिमिरेका अुनसार बैठकमा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङलगायत विषयमा सहमति जुटाइने छ।
न्यु बुटवल-न्यु गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी टुंग्याउने प्रयत्न बैठकमा गरिनेछ।
यस्तै कटैया–कुशाहा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारणलाइनलाई डबल सर्किट गर्नेबारे छलफल हुनेछ भने नेपाल- भारतबीचको प्रसारणलाइनलाई आधुनिक बनाउन हार्मोनाइज तथा सिंक्रोनाइज गर्ने बारे पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया