समाज


सुँगुरको पित्त र कलेजो पकाएर खाँदा पाँचथरमा तीनको मृत्यु

सुँगुरको पित्त र कलेजो पकाएर खाँदा पाँचथरमा तीनको मृत्यु

नेपालखबर
असोज २७, २०७६ सोमबार ३:३४,

सुँगुरको मासु खाएर गम्भीर बिरामी भएका जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ।

मृत्यु हुनेमा फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन्। उनको बिएण्डसी हस्पिटल झापामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।

राईसँगै सुँगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। यसअघि गत असोज १९ गते दशैँको समयमा सुुगुरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भइसकेको छ।

फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति मृत्यु भएको प्रहरीको भनाई छ।

मासु खाएर बिरामी भएका चार जनामध्ये अहिले एक जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जिल्लाको कुम्मायक गाउँपालिका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुङ्गानाका अनुसार दशैँ मनाउन कारागारभित्र तीन वटा सुँगुर काटिएको थियो।

त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन्। मासुमात्र खाने कोही पनि बिरामी नपरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad