उबर विश्वको चर्चित ट्याक्सी सेवा प्रदायक कम्पनी हो।
उबरले हालै अमेरिकामा हेलिकप्टर सेवा पनि सुरुवात गरेको छ।
अर्थात् अब उबरमार्फत् हामी ट्याक्सीलाई जसरी नै आफ्नो गन्तव्यका लागि बोलाउन सक्छौं।
यस सेवालाई उबर कप्टर भनिएको छ। त्यहाँ निश्चित स्थान तोकिएको छ।

स्थानसँगै हेलिकप्टर बुक गरे बापत् तिरिने रकम पनि तोकिएको छ।
सुरुवातको चरणमा रहेको यस सेवाबाट मानिसहरुले फाइदा उठाउन सक्छन्।
तर मानिसहरुले उबर कप्टरको सेवा महँगो र ढिला भएको आलोचना सुरुवातमै गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया