कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित गल्ली नम्बर ५ मा रहेको कुमारी बैंकको भवनमा आइतवार दिउँसो आगलागी भएको छ।
बैंकको कार्यालय रहेको भवनसँगै रहेको भारतीय नागरिक एलमद हुसेनले सञ्चालन गरेको रुइको गोदाममा आगलागी भएको हो। रुइको गोदाम र बैंकको कार्यालय एउटै भवनमा सँगसँगै छन्। आगलागीबाट गोदामभित्र रहेका मोटर, मसिन, र तयार पारिएको गद्दा पुरै नष्ट भएको सञ्चालक भुरा भाइले बताए।
आगलागीबाट झण्डै ५० हजार बराबरको क्षति भएको छ। एक्कासी लागेको आगो झण्डै आधा घण्टापछि भीमदत्त नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिएको थियो।
आगलागी समयमै नियन्त्रणमा लिन सम्भव भएर ठुलो दुर्घटनाबाट जोगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र बहादुर चन्दले बताए। सो गोदामको आगो नियन्त्रणमा नआएको भए बैंकमा समेत क्षति पुग्दथ्यो।

प्रतिक्रिया