जर्मन दूतावासको आयोजनामा बुधबार नेपाल जर्मन बिजनेस फोरमले कार्यक्रम गरेको छ।
नेपाल जर्मन चेम्बर अफ कमर्स र उद्योग तथा लगानी बोर्ड नेपालले प्रवद्र्धन गरेको कार्यक्रममा दुवै देशका व्यावसायिक क्षेत्रका मानिसहरुले सहभागिता जनाएका थिए। नेपाल र जर्मनीको व्यावसायिक सम्बन्धका लागि पुल निर्माण भन्ने नारामा आयोजित फोरममा २० जर्मन कम्पनीका २८ प्रतिनिधिले सहभागिता जनाएका थिए।
फोरमले नेपालमा पछिल्लो समय लगानीको वातावरण सृजना भइरहेको, राजनीतिक स्थायित्व भएकोले जर्मन लगानीकर्तालाई समेत नेपालमा बजार खोज्ने र लगानी गर्ने अवसर प्राप्त भएकोबारे जानकारी गराइएको दूतावासले जनाएको छ।

उक्त फोरममा ऊर्जा, वित्त, खाद्य तथा पेय, पूर्वाधार विकास, आईटी कम्युनिकेसन र उत्पादन क्षेत्रबारे छलफल अगाडि बढाइएको थियो। कार्यक्रममा ९० जना सहभागी रहेका थिए। उक्त फोरमकै दौडान जर्मन उपमन्त्री नर्बर्ट बार्थले नेपाल भ्रमणमा आएका छन्।

प्रतिक्रिया