ओपोले नेपाली बजारमा रेनो सिरिज अन्तर्गत नयाँ फोन सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो पटक रेनो टेनएक्स जुम सार्वजनिक गरेको ओपोले यो पटक भने रेनो टू सिरिज अन्तर्गतका नयाँ मोडलहरु सार्वजनिक गर्ने सम्भावना प्रबल देखिएको हो।
कम्पनीले भारतीय बजारमा पछिल्लो महिना रेनो टू सिरिज अन्तर्गतका फोनहरु सार्वजनिक गरिसकेको छ। यसैका आधारमा उक्त फोन चाँडै नै नेपालमा सार्वजनिक गरिने सम्भावना प्रबल देखिएको हो। रेनो सिरिजको नयाँ संस्करण अन्तर्गत रेनो टू, रेनो टूजेड र रेनो टूएफ पर्छन्। ती मध्य सबै वा छानिएका उपकरणहरु मध्य कुन नेपाली बजारमा सार्वजनिक गरिने भन्ने कुराको जानकारी चाँडै दिइने कम्पनीले बताएको छ।
रेनोको नयाँ सिरिजले प्रयोगकर्ताका श्रीजनसिलतालाई नयाँ आयाम दिने प्रयास गरेको छ। ओपोको सफल, रेनो सिरिज अन्तर्गतको नयाँ संस्करणमा कम्पनीले फोटोग्राफीमा थप सुदृढिकरणका लागि ४८एमपी क्वाड क्यामेरा सेटअप, २०एक्स डिजिटल जुम सहितको फाइभएक्स हाइब्रिड जुम, अल्ट्रा क्लियर नाइट शट्स खिच्न सघाउने अल्ट्रा डार्क मोड, क्लियर र स्मूथ भिडियो खिच्न सकियोस् भन्ने सोचका साथ अल्ट्रा स्टिडी भिडियो लगायत फिचर्सहरु उपलब्ध गरेको छ।
रेनोका बारेमा संक्षिप्त जानकारी
जुन २०१९मा यूवा रचनात्मकतालाई प्रोत्साहन दिने सोचका साथ पहिलो रेनो सार्वजनिक गरिएसंगै ओपोको यात्रा सुरु भएको हो। आफ्ना सपना पछ्याउँदै भावना प्रस्फुटन गर्न चाहने यूवा जमातका लागि विशेष निर्मित ओपो रेनोले स्टाइलिश लुक्स र नवप्रबर्तनात्मक डिजाइन मार्फत निकै लोकप्रियतापनि कमायो। अब सार्वजनिकको तयारीमा रहेको रेनोटू सिरजले प्रयोगकर्ताका रचनात्मकतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ। नयाँ फोनले प्रयोगकर्तालाई परम्परागत फोटोग्राफी भन्दा माथी उठ्दै अझ रचनात्मक, ताजा अनुभूति तथा भावना प्रस्फुटन गर्न सघाउने तस्विर खिच्न सघाउने विश्वास गरिएको छ।

प्रतिक्रिया