कारोबार


ईप्पानद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा

ईप्पानद्वारा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा

नेपालखबर
असोज १५, २०७६ बुधबार १०:१२,

आन्दोलनरत स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल (ईप्पान) ले आफ्ना मागको सुनुवाई नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

रुग्ण जलविद्युत आयोजनाका लागि सहुलियत उपलब्ध गराउनुपर्ने मुख्य मागसहित आन्दोलनरत इप्पानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना माग सुनुवाई समेत नगरेको भन्दै सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले आफूहरुको माग पूरा नगरे रुग्ण २५ वटा जलविद्युत आयोजनाहरुको चावी कार्तिक १ गते सरकारलाई बुझाउने चेतानवीसहित दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरिएको स्पष्ट पारे।

बैंकको ब्याजदर ४० प्रतिशत वृद्धि गरिएको, विद्युत खरिद दरमा तथा प्रशारण लाईनमा देखिएका समस्या तत्काल समाधान गर्न माग गर्दै इप्पानले आन्दोलन गर्दै आएको छ। ती समस्याहरु समाधानका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेलगायतका दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।

आफ्ना सो माग तत्काल सम्बोधन नभए कार्तिक १ गते २५ वटा रुग्ण जलविद्युत आयोजनाहरुको चावी सरकारलाई बुझाउने इप्पानको चेतावनी छ। अध्यक्ष गुरागाईँले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले कडा आन्दोलनमा जानुपर्ने अवस्था आएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad