कारोबार


अब तारमा विद्युत् प्रवाह हुँदाहुँदै मर्मत, हट्ने भयो लाइन काट्नुपर्ने बाध्यता

अब तारमा विद्युत् प्रवाह हुँदाहुँदै मर्मत, हट्ने भयो लाइन काट्नुपर्ने बाध्यता

नेपालखबर
असार १४, २०८३ आइतबार १४:१७, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले बिजुली बगिरहेको लाइनमा नै मर्मतसम्भार गर्ने काम सुरु गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यो काम थालनी गरेको हो। 

विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यो काम थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ। 

‘उपभोक्ताहरूलाई अवरोधविनै गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलोपटक चालू अवस्थाको विद्युत् लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मतसम्भार कार्यको सुरुवात गरेका हौँ,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले भने, ‘विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले चालू लाइनमै मर्मतसम्भार गर्ने कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उद्देश्यले यो नमूना कार्यको रुपमा सुरुवात गरेका हौँ।’  

नमुना कार्यका रुपमा बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी कार्य प्रारम्भ गरिएको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझाले जानकारी दिए।

तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरेर चालू लाइनको मर्मतको काम गरेका थिए। 

‘हाललाई नमुनाको रुपमा सुरुवात गरिएको यो कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेषगरि सहरी क्षेत्रको नियमित मर्मतसम्भारको कार्यमा प्रयोग गर्नेछौं,' कायमुकायम कार्यकारी निर्देशक श्रेष्ठले भने।

यो अभ्यास सफल भएमा लाइन काटेर विद्युतीय पूर्वाधार मर्मत गर्नुपर्ने बाध्यता हट्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad