दक्षिण कोरियाका अनुसार अमेरिकासँग परमाणु वार्ता पुनः सुरु गर्ने घोषणा गरेको केही घण्टापछि नै उत्तर कोरियाले पनडुब्बीबाट बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो।
वन्सान पोर्टनजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्र आकाशमा ९१० किलोमिटर माथि पुगेको र जापान सागरमा खस्नुअघि त्यसले ४५० किलोमिटर दुरी पार गरेको बीबीसीले जनाएको छ।
उत्तर कोरियाले गत मे महिनादेखि छोटो दुरीका क्षेप्यास्त्र परीक्षण गर्न थालेको छ। उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियाको कदमको विरोध सुरु भएको छ।
जापानले उत्तरको क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्रमा रहेको सामुद्रिक क्षेत्रमा आइपुगेको उल्लेख गर्दै उत्तर कोरियाको आलोचना गरेको छ।
प्योङ्याङले अमेरिकासँगको परमाणु वार्ता पुनः थाल्ने बताएको केही घण्टामै क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाको दाबी छ।
दक्षिणका अनुसार उत्तरले प्रहार गरेको क्षेप्यास्त्रमा नयाँ प्रविधि जडान भएको छ।

प्रतिक्रिया