ad ad

राजनीति


सभामुखबाट महराको दोस्रो राजीनामा

सभामुखबाट महराको दोस्रो राजीनामा

नेपालखबर
असोज १५, २०७६ बुधबार १०:२०,

यौन दुव्र्यहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले अर्को राजीनामा दिएका छन्।

मंगलबार बुझाएको राजीनामाको भाषामा विवाद आएपछि महराले बुधबार अर्को राजीनामा बुझाएका हुन्। उनले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई सुटुक्क भाषा सच्याएर दोस्रो राजीनामा बुझाएका हुन्।

महराले यसअघि बुझाएको राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि’ भन्ने शब्दावली प्रयोग गरिएको थियो। यो शब्दावलीलाई लिएर पार्टी भित्र र बाहिर शर्तसहित उनले राजीनामा दिएको भनेर आलोचना भएको थियो।

महराका प्रेस सहयोगी डिल्ली मल्लले दोस्रो राजीनामा दिएको बताए। ‘केही प्राविधिक शब्दहरुलाई लिएर विवाद सिर्जना हुन थालेपछि सच्चाएर अर्को राजीनामा पत्र बुझाइएको हो’, नेपालखबरसँग कुरा गर्दै उनले भने।

महरामाथि आइतबार संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई उनकै कोठामा पुगेर यौन दुर्व्यवहारका साथै कुटपिट गरेको आरोप लागेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .