प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबारको बैठकमा सो विधेयक पारित गर्न प्रस्ताव गरेका थिए।
सो प्रस्तावलाई सभामुख डीपी अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए। हुन्छ भन्ने प्रस्तावको पक्षमा बहुमत भएसँगै सभामुखबाट आर्थिक विधेयक २०८३ पारित भएको घोषणा भएको हो।
यसअघि आर्थिक विधेयकको दफाबार छलफल भएको थियो। सो क्रममा नेपाली कांग्रेसकी गंगालक्ष्मी अवाल, नेकपा एमालेका डा. पुष्पराज कँडेललगायतले संशोधन प्रस्ताव गरे पनि अस्वीकृत भएको थियो।
69
Shares

प्रतिक्रिया