ad ad

कारोबार


क्लिन अप नेपालद्वारा मोबाइल एप्लिकेसन र वेव ड्यासबोर्ड जारी

क्लिन अप नेपालद्वारा मोबाइल एप्लिकेसन र वेव ड्यासबोर्ड जारी

नेपालखबर
असोज १४, २०७६ मंगलबार १५:४०,

क्लिन अप नेपालले नेपाल वेस्ट म्याप मोबाइल एप्लिकेसन र वेव ड्यासबोर्ड जारी गरेको छ।

मंगलबार आयाेजित एक समारोहमा काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभाग, वातावरण विभाग, फोहोर व्यवस्थापन संघ, फोहोर संकलन गर्ने संस्थाहरु र काठमाडौँ महानगरपालिका वडा ३,५ र ३२ बाट वडा अध्यक्ष, फोहोर व्यवस्थापन सुपरभाइजर र सामाजिक परिचालिकाहरुको उपस्थिति रहेको थियो। यस परियोजनालाई क्लिन अप नेपालले सन् २०१७ बाट काठमाडौँ महानगरपालिका वडा नं ३, ५, र ३२ मा कार्यान्वयन गरेर यस अन्तर्गत विभिन्न क्रियाकलापहरु गर्दै आएको छ। क्लिन अप नेपालले यस नेपाल वेस्ट म्याप मोबाइल एप्लिकेसन र वेव ड्यासबोर्ड ईलाम नगरपालिकामा जारी गरिसकेको छ भने, भरतपुर महानगरपालिकामा पनि छिटै कार्यन्वयनमा ल्याउँदै छ।

नेपाल वेस्ट म्याप एक फोहोर व्यवस्थापन गर्न को लागि बनाइएको एक डिजिटल प्रणाली हो, जसबाट जनसहभागिता संगसंगै सरोकारवालाहरुबीच सहकार्य र सञ्चारको विकास गराउन सकिन्छ र योजना सुधार, श्रोत निर्धारण साथसाथै फोहोर व्यवस्थापन प्रणालीको मुल्यांकन गर्न सहयोग पुग्छ। नेपाल वेस्ट म्याप क्लिन अप नेपालले दी एसीया फाउन्डेशन र डेभलाेप्मेन्ट इनिसियटिभसँगको साझेदारी कार्यन्वयन ल्याएको थियो। यसलाई डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत डिएफआईडी यूकेले आर्थिक सहयोग गरेको हो।

उक्त समारोहमा नेपाल वेस्ट म्याप मोबाईल एप्लिकेसन र वेव ड्यासबोर्डको महत्वको विषयमा चर्चा गरेर, यसले काठमाडौँ महानगरपालिकाको ठोस फोहोर व्यवस्थापनमा खेल्ने भूमिका र यसलाई कार्यान्वयनमा ल्याउनका लागि गर्न सकिने क्रियाकलापहरुको बारेमा प्रकाश पारियो।

यसका लागि काठमाडौँ महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोल, काठमाडौँ महानगरपालिका वडा नं ३२ मा कार्यरत वेस्ट कन्सर्नका प्रमुख सुलाभ मोक्तान र काठमाडौँ महानगरपालिका वडा नं ३ र ५ मा कार्यरत नेप्सेम्यकका लक्ष्मी प्रसाद घिमिरे बाट पहिलेको फोहोर व्यवस्थापनको स्थति र अहिले नेपाल वेस्ट म्यापको प्रयोगमा ल्याए पछि स्थितिको बारे अनुभव व्यक्त गरे। साथसाथै, यस नेपाल वेस्ट म्याप परियोजनालाई प्रभावकारी रुपमा अगाडी लिएर जाने र भविष्यमा अरु वडा या नगरपालिकामा यसको बढोत्तरी गर्ने विषयमा पनि छलफल गरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .