ज्योति विकास बैंकले टोखा नगरपालिकाको टोखादेखि झोरको मालुङसम्म ७० वटा ट्राफिक चिन्ह राख्न सोमबार एक कार्यक्रममार्फत आर्थिक सहयोग प्रदान गरेको छ। टोखा नगरपालिका वडा नं २ द्वारा आयोजित जनचेतना कार्यक्रममा ज्योति विकास बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत उक्त सहयोग प्रदान गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको उपस्थितिमा आयोजित कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानी माया डङ्गोल तथा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली सहभागि थिए। टोखा वडा नं २ का वडाध्यक्ष दिपक राज जोशीले उक्त कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए।
टोखा नगरपालिका वडा नं २ र ज्योति विकास बैंकको संयुक्त सहकार्यमा सवारी दुर्घटना न्यूनिकरण तथा जनचेतनाको लागि सो चिन्हहरु निर्माण गर्ने निर्णय भएको हो।
कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि मेची देखि महाकालीसम्म सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक वर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु २६ अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ।
प्रतिक्रिया