कारोबार


चेम्बरले उद्योगमन्त्रीलाई दियो मूल्य वृद्धि हुनुको कारण

चेम्बरले उद्योगमन्त्रीलाई दियो मूल्य वृद्धि हुनुको कारण

नेपालखबर
असोज १३, २०७६ सोमबार ११:५९,

आयातित वस्तुहरुमा कारोबार मूल्यलाई मान्यता नदिइएकोले हाल उच्च मूल्यवृद्धि भएको नेपाल चेम्बर आफ कमर्सले बताएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवलाई अधिक भसार मूल्यांकन, अधिक भन्सार दरबन्दी, कृषिजन्य वस्तुहरुको बजार मूल्य शृंखलामा बिचौलियाको संलग्नताले थप जटिलता ल्याएकोले मूल्यवृद्धि उच्च भएको जानकारी गराएको हो।

चेम्बरले मन्त्री यादवलाई पत्रमार्फत सधैँ चाडपर्वको बेलामा मात्र नभई नियमित प्रक्रियाको रुपमा बजार अनुगमन गर्न समेत आग्रह गरेको छ। हालै बजेट वक्तव्यमार्फत ल्याइएको भीसीटीएस अनिवार्य प्यान नम्बर लगायत विविध कारणले गर्दा त्यसको नतिजास्वरुप आपूर्ति कमी हुन गई मूल्यमा वृद्धि हुन गएको चेम्बरले दाबी गरेको छ।

आम उपभोक्तालाई प्रत्यक्ष प्रभाव पर्ने नीतिगत व्यवस्था लागू गर्नुपूर्व गहिरो अध्ययन नहुँदा मुलुकबासीको सबैभन्दा ठूलो चाड दशैँको अवसरमा आम उपभोक्ताले समस्या व्यहोर्नुपरेको चेम्बरको भनाइ छ। बजार अनुगमन कार्य एकद्वार प्रणालीबाट मात्र हुनु पर्नेमा समेत उसले जोड दिएको छ।

चेम्बरले भनेको छ, ‘ठूला गाडीको निर्बाध प्रवेश सम्बन्धमा, हाल ट्राफिक जामको कारण ६ चक्केभन्दा ठूला ट्रकहरु काठमाडौं प्रवेशमा रोक लगाइएबाट दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा थप समस्या उत्पन्न भई बजारमा उपभोग्य सामान सर्वसुलभ हुन नसक्ने वस्तुनिष्ठ यथार्थलाई हृदयंगम गरी हालको अवस्थाको गाम्भीर्यलाई समेत ध्यान दिई साँझ ६ बजेपछि त्यस्ता ढुवानीका साधनहरुलाई काठमाडौं प्रवेशमा निर्बाध भित्र्याउने व्यवस्था हुन जरुरी रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .