कारोबार


ज्योति विकास बैंकद्वारा ट्राफिक चिह्न राख्न आर्थिक सहयोग

ज्योति विकास बैंकद्वारा ट्राफिक चिह्न राख्न आर्थिक सहयोग

नेपालखबर
असोज १३, २०७६ सोमबार ११:४६,

ज्योति विकास बैंकले टोखा नगरपालिकाको टोखा देखि झोरको मालुङसम्म ७० वटा ट्राफिक चिह्न राख्न सोमबार एक कार्यक्रममार्फत आर्थिक सहयोग प्रदान गरेको छ। टोखा नगरपालिका वडा नं २ द्वारा आयोजित जनचेतना कार्यक्रममा ज्योति विकास बैंकले सामाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत उक्त सहयोग प्रदान गरेको छ।

कार्यक्रमको प्रमुख आतिथित्व नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले गरेका थिए भने विशिष्ट अतिथिको रुपमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानी माया डङ्गोल तथा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली उपस्थित भएका थिए। टोखा वडा नं २ का वडाध्यक्ष दिपक राज जोशीले उक्त कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए।

बाटोमा गुड्ने सवारीहरुको सहजता र चेतनाको लागि टोखा देखि झोरको मालुङसम्म ७० वटा ट्राफिक संकेत चिह्न बोर्ड राखिने भएको छ। टोखा नगरपालिका वडा नं २ र ज्योति विकास बैंकको संयुक्त सहकार्यमा सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतनाको लागि सो चिन्हहरु निर्माण गर्ने निर्णय भएको हो।

कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि मेचीदेखि महाकालीसम्म सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखाहरु संचालनमा ल्याउने प्रक्रियामा रहेको छ। साथै यस आर्थिक वर्षभित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ। हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई २६ अर्वभन्दा बढी लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .