ad ad

कारोबार


यी हुन् पहिला चरणमा टेलिकमकाे फोरजी सेवा विस्तार हुने २६ सहर

यी हुन् पहिला चरणमा टेलिकमकाे फोरजी सेवा विस्तार हुने २६ सहर

नेपालखबर
असोज १३, २०७६ सोमबार ३:२२,

नेपाल टेलिकमले बुधबारदेखि देशका २६ सहरमा फोरजी सेवा सुरु गर्दैछ।

देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत कम्पनीले पहिलो चरणमा २६ सहरमा सेवा विस्तार गर्न लागेको हो।

टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले परीक्षणका धेरै काम सफल र्भएकाले पहिलो चरणमा २६ सहरमा फोरजी सेवा विस्तार गर्न लागिएको जानकारी दिए।

 महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्न लागिएको टेलिकमले जनाएको छ।

ठूला सहरमा दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज र धनगढीमा फोरजी सेवा विस्तार हुँदैछ।

त्यसैगरी रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा पनि फोरजी सेवा सुरु हुने टेलिकमले जनाएको।

पहिलो चरणमा २६ सहरमा फोरजी सेवा सञ्चालनमा आएपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम अघि वढाइने अधिकारीले बताए।

फोरजी सेवा सञ्चालन गर्दा अधिकतम २४५ एमबीसम्मको गतिमा इन्टरनेट चल्ने प्रबन्ध निर्देशक अधिकारीको दाबी छ।

ग्राहकले ८४४४३ डायल गरेर फोरजी सेवा सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ।

फोरजी सेवा विस्तारका लागि टेलिकमले करिब १९ अर्ब रुपियाँ लगानी हुने जनाएको छ।

हाल टेलिकमले काठमाडौँ उपत्यका र पोखरामा १८ सय मेगाहर्ज ब्यान्डमा प्रविधि तटस्थतामार्फत फोरजी सेवा उपलब्ध गराइरहेको छ। हाल दुई सहरमा गरी आठ लाख फोरजी ग्राहक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .