ad ad

छापा खबर


चितवनमा ज्ञानेन्द्र शाहीलाई कसले गर्‍याे आक्रमण? यसो भन्छ प्रहरी

चितवनमा ज्ञानेन्द्र शाहीलाई कसले गर्‍याे आक्रमण? यसो भन्छ प्रहरी

नेपालखबर
असोज १३, २०७६ सोमबार ३:८,

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरको चौबिसकोठीमा राखिएको सिसिक्यामेराले काम नगर्दा शाहीमाथि आक्रमण गर्ने समूह पत्ता लगाउन कठिनाइ भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मलले बताए।

‘चौबिसकोठीमा राखिएको सीसी क्यामेरामा ४/५ जनाको अस्पष्ट अनुहार देखिएको छ,’ मल्लले भने, ‘यिनै व्यक्ति हुन् भनी किटान गर्न सकिने दृश्य देखिएन।’ यो खबर आजको कान्तिपुरमा छापिएको छ।

शनिबार ३ बजेतिर चौबिसकोठीेको होटल ग्लोबलबाट बाहिरिन लागेको माइक्रो बसलाई रोकी शाहीसहित उनका साथीहरूलाई आक्रमण भएको थियो। आक्रमणमा संलग्न रहेको भन्दै पक्राउ परेका एक जना शनिबार राति नै छुटेका छन्।

पक्राउ परेका व्यक्ति घटनामा संलग्न नभई घटना भएको समयमा उपस्थित भई हेर्नेमध्येकै रहेकाले छोडिएको प्रहरी उपरीक्षक मल्लले बताए ।

नेपालका लागि नेपाली चितवनले आयोजना गर्न लागेको भेला बिथोलिने सम्भावना रहेको प्रहरीले आयोजकलाई जनाएपछि स्थगित गरिएको थियो । चितवनका प्रहरी निरिक्षक देवराज शर्माको टोली कार्यक्रम हुने भनिएको स्थलमा तैनाथ रहेका थिए।

कार्यक्रम स्थलबाट पैदलमा दुई मिनेटको दूरी रहेको होटेल बाहिर आक्रमण भएको घटना भने प्रहरीले घटना भइसकेपछि मात्रै थाहा भएको बताउँदै आएको छ।

यसबीच नेपाली कांग्रेस चितवनले उक्त घटनाप्रति आफनो ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .