म्याग्दीमा एक हप्ताअघि बाढीले बगाएर बेपत्ता दुई बालिकामध्ये एक जनाको शव फेला परेको छ।
यही असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बगाउँदा १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता भएका थिए।
तीमध्ये प्रवीनाको शव आइतबार साँझ बागलुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरीका अनुसार शव आफन्तको जिम्मा लगाइएको छ।
बगरफाँट स्थायी रूपमा बस्ने माया परियारको घरमा पाहुना बनेर गएका दुई बालिका बेपत्ता भएका थिए। बेपत्तामध्ये अनुश्का परियारको अवस्था भने अझै थाहा हुन सकेको छैन।
प्रतिक्रिया