कारोबार


टेलिकमको दशैँ अफरः दुई सय एमबी डाटा फ्रि, रिचार्जमा २० प्रतिशतसम्म बोनस

टेलिकमको दशैँ अफरः दुई सय एमबी डाटा फ्रि,  रिचार्जमा २० प्रतिशतसम्म बोनस

नेपालखबर
असोज १२, २०७६ आइतबार १२:२४,

 नेपाल टेलिकमले दशैंको अवसर पारेर फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको छ।

टेलिकमले पहिलो पटक फोरजी-एलटीई नेटवर्कमा रजिस्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराउने भएको हो। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै टेलिकमले दशैँ अफर सार्वजनिक गरेको हो।

यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने समेत जनाएको छ।

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले स्टार ४४४ ह्याज डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्ने छन्। त्यस्तै पोस्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ। यो सेवा पनि अर्को सूचना जारी नभएसम्म निरन्तर रहने छ।

प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्ने टेलकमले जनाएको छ।

त्यस्तै टेलकमले रिचार्ज गर्दा बोनस समेत उपलब्ध गराउने भएको छ। जीएसएम ,सीडीएमए ग्राहकका प्रिपेड, पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ।

दशैंको असवर पारेर असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ। यस योजनामा पचास, सय, दुई सयको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय र एक हजारको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ।

पचास, एकसय, दुई सयको रिचार्जको बोनस ३ दिनभित्र र पाँच सय र एक हजारको रिचार्ज को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ।

त्यसैगरी एमपोसबाट १० देखि ४ सय ९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय यस वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ। सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad