काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेड बीचमा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
यस सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बीओके क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र बिओके क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया