कारोबार


अस्ट्रेलियादेखि चीनसम्मः १३ देशका धनीहरुसँगै नेपालका विनोद चौधरी

अस्ट्रेलियादेखि चीनसम्मः १३ देशका धनीहरुसँगै नेपालका विनोद चौधरी

नेपालखबर
असोज २, २०७६ बिहिबार ९:१९,

चर्चित अन्तर्राष्ट्रिय म्यागजिन फोर्ब्सको गत मार्च महिनाको सूचीअनुसार संसारमा २ हजार १ सय ५३ जना डलर अर्बपति रहेका छन्।

सन् २०१८ को सूचीसँग तुलना गर्ने हो भने उक्त संख्या ५५ ले घटेको छ। यहाँ १३ देशका धनीबारे चर्चा गर्न खोजिएको हो। अस्ट्रेलियादेखि चीनसम्मका १३ धनीमाझ नेपालका विनोद चौधरी पनि यो सूचीमा अटाएका छन्।

मुकेश अम्बानी

mukesh ambani

मनिकन्ट्रोल डटकमका अनुसार १३ मध्ये भारतका मुकेश अम्बानी एक हुन्। उनी रिलायन्स इन्डस्ट्रिजका प्रमुख तथा प्रबन्धनिर्देशक हुन्। उनीसँग ५० बिलियन डलर नेटवर्थ सम्पत्ति छ। फोर्ब्सको सूचीअनुसार अम्बानी संसारकै १३औँ धनी मानिस हुन्।

जेफ बेजोज

jeff 3
अनलाइन व्यापार हस्तीका रुपमा चिनिने जेफ अमेरिकी धनाढ्य हुन्। अमेजनका सीईओ तथा संस्थापक उनको सम्पत्ति नेटवर्थ १ सय ३१ अर्ब डलर छ। फोर्ब्सको सूचीअनुसार उनी संसारकै ठूलो धनाढ्य हुन्।

जिना राइनहार्ट

gina rinehart
फोर्ब्र्सको सुचीअनुसार संसारकै ७५औँ धनीमा पर्छिन जिना राइनहार्ट। उनको सम्पत्ति नेटवर्थ १५ अर्ब २० करोड डलर रहेको छ। हानकक प्रोस्पेक्टिङका प्रमुख कार्यकारी उनी अस्ट्रेलियाली नागरिक हुन्।

हिन्दुजा ब्रदर्स

hinduja brothers

श्रीचन्द, गोपीचन्द, प्रकाश र अशोक हिन्दुजा यी चार दाजुभाइ बेलायती धनाढ्य हुन्। फोर्ब्सको सूचीअनुसार उनीहरु संसारकै ६५औँ धनी रहेका छन्। उनीहरु मल्टिनेशनल कंग्लोमरेट हिन्दुजा ग्रुपका मालिक हुन्। उनीहरुसँग १६ अर्ब ९० करोड डलर नेटवर्थ सम्पत्ति रहेको छ।

लियोनाइड मिखेल्सन

leonid mikhelson

मिखेल्सन रुसका अर्बपति हुन्। प्राकृतिक ग्यास उत्पादक नोभाटेकका प्रमुख तथा संस्थाक मिलेल्सनको सम्पत्ति नेटवर्थ २४ अर्ब डलर रहेको छ। उनी विश्वकै ३२औँ धनाढ्यमा पर्छन्।

पोनी मा हुएतेंग

pony ma huateng

चीनका पोनी टेन्सेन्ट होल्डिंग्सका प्रमुख तथा सीईओ हुन्। उनीसँग ३८ अर्ब ८० करोड डलर सम्पत्ति नेटवर्थ छ। उनी संसारकै २०औँ धनाढ्य हुन्।

तादाशी यानाई र परिवार

tadashi yanai

विश्वको ४१औँ धनीमा पनि तादाशी र उनको परिवार जापानी अर्बपति समूह हो। युनिक चेनको प्यारेन्ट, खुद्रा कपडाको साम्राज्यका मालिक यो समूहमा तादाशीको ४४ प्रतिशत सेयर रहेको छ। यो समूहसँग २२ अर्ब २० करोड डलर सम्पत्ति रहेको छ।

ली कुन ही

lee kun hee

ली दक्षिण कोरियाली अर्बपति हुन्। सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख उनको १६ अर्ब ९० करोड डलर नेटवर्थ सम्पत्ति छ। उनी संसारकै ६५औँ धनी हुन्।

रोबर्ट एण्ड फिलिप एनजी

robert and philip ng

एनजी दाजुभाइ संसारका अर्बपतिमध्ये ११२औँ सूचीमा पर्दछ। उनीहरु १२ अर्ब डलरका मालिक हुन्। सिंगापुरका उनीहरु फार इस्ट अर्गनाइजेसनका मालिक र सिंगापुरको ठूलो जग्गाधनी र प्रोपर्टी डेभलपर हुन्।

माजिद अल फुताइम एण्ड फेमिली

majid al

माजिद युएईका धनाढ्य हुन्। उनी र उनको परिवारले खुद्रा र मनोरञ्जन कम्पनी माजिल अल फुताइम होल्डिंग (एमएएफ) चलाउँदै आएको छ। उनीहरुसँग ५ अर्ब १० करोड डलरको सम्पत्ति रहेको छ। माजिद संसारकै ३ सय ४३औँ अर्बपतिमा पर्छन्।

शेख फैसल बिन क्वासिम अल थानी

sheikh faisal

शेख अल फैसल होल्डिंग्सका मालिक हुन्। कतारका यी धनाढ्यसँग १ अर्ब ६० करोड डलर सम्पत्ति रहेको छ। फोर्ब्सका अनुसार उनी संसारकै १ हजार ४ सय २५औँ अर्बपतिमा पर्छन्।

निक्की ओपनहाइमर एण्ड फेमिली

nicky

निक्की र उनको परिवार संसारको २००औँ अर्बपतिमा पर्छन्। ७ अर्ब ३० करोड डलर सम्पत्तिका मालिक यो परिवारले डायमन्ड फर्म डिबिअर्सको ४० प्रतिशत सेयर लिएको छ भने फायरब्लेड एभिएसनको स्वामित्व पनि निक्कीकै छ।

विनोद चौधरी

binod c

चौधरी नेपालका एक मात्र डलर अर्बपति हुन्। नेपालको नबिल बैंक र सीजी फुड्सका मालिक उनको सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको छ। उनी संसारको १ हजार ३ सय ४९औँ अर्बपति हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad