कारोबार


मालबाहक गाडीलाई व्यवस्थित बनाउन ‘वेव पोर्टल’ कार्यान्वयनमा

मालबाहक गाडीलाई व्यवस्थित बनाउन ‘वेव पोर्टल’ कार्यान्वयनमा

नेपालखबर
असार २, २०७६ सोमबार १२:४२,

राजस्व अनुसन्धान विभागले मालबहाक गाडीबाट सामान ओसारपसारलाई व्यवस्थित बनाउनका लागि वेव पोर्टल कार्यान्वयनमा ल्याएको छ।

राजस्व अनुसन्धान विभागले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी मालबहाक गाडीबाट समान ओसारपसारको कामलाई सहज बनाउने उद्देश्यका साथ तयार पारिएको वेब पोर्टल असार १ गते (हिजो)बाटै संचालनमा ल्याइएको जानकारी दिएको हो।

असारबाट परिक्षणको रुपमा सुरु गरिएको यो पोर्टल श्रावणबाट पूर्ण रुपमा लागू हुने पनि विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। यो पोर्टल पूर्ण रुपमा लागू भएसँगै विभाग अन्तरगतको मागबाहक गाडी चेकजाँचमा पोष्टहरु हटाइनेछ। ढुवानी कम्पनी, व्यवसायी वा आयातकर्ताले माल ढुवानी गर्नुअघि त्यसको विवरण सो वेव पोर्टलमा समावेश गर्नुपर्ने व्यवस्था गरिएकाले पनि त्यसपछि चेकजाँच गरिरहन नपर्ने विभागका महानिर्देशक मैनालले बताए।

विभागले सो वेव पोर्टलमा मालको विवरण नबुझाई ढुवानी गरेको पाइएमा त्यस्ता आयातकर्तालाई पहिलो पटक ५० हजार र अरु पटक पनि दोहोरिए १ लाखका दरले जरिवाना लिने व्यवस्था पनि गरेको छ।

विभागका महानिर्देशक मैनालीले मालको विवरण सो वेब पोर्टलमा नबुझाई आन्तरिक रुपमा सामान ओसारपसार गर्नेहरुलाई राजस्व छली सम्बन्धि अन्य कार्वाही पनि हुने स्पष्ट पारे। सरकारले चोरी निकासीलाई नियन्त्रण गर्न यो वेव पोर्टलको पनि व्यवस्था गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .