विश्वव्यापी मनिट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक मनिग्राम (नास्डाकःएमजीआई)ले आज नेपालमा सञ्चालन गरेको विशेष बजार प्रवर्द्धन योजनाका विजयीहरुलाई पुरस्कृत गरेको छ। गत मे महिनादेखि जुलाई महिनासम्म सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तगत मनिग्रामका ग्राहकहरुलाई उनीहरुका कारोबार रकम हरेक हप्ता दोब्बर पार्ने अवसर प्रदान गरिएको थियो।
त्यस्तै मनिग्रामले २०७६ सालको दशैं–तिहार को उपलक्षमा नयाँ विशेष प्रवर्द्धन योजना घोषणा गरेको छ। देशभर र देशबाहिर रहेका नेपालीहरुका प्रियजनहरुलाई रकम पठाउन सहयोग गर्न महत्वपूर्ण भुमिका खेल्न सकेकोमा गौरवान्वित महसुस गरेको मनिग्रामका भारतीय उपमहाद्वीप, इण्डो चाइना र मलेलियाका लागि क्षेत्रीय प्रमुख शेसागिरी (शुकेस) मालियाहले बताए।
उनले भने, ‘यसअघि सञ्चालन गरिएको प्रवद्र्धन योजनाका २४ जना विजयीहरुले उनीहरुले प्राप्त गरेको रकमको दोब्बर पुरस्कारबापत पाएकोमा म हर्षीत छु। यो प्रवद्र्धनलाई अझ अगाडि बढाउँदै दशैं–तिहार पर्व अवधिभर सबै जनासँग मनाउन हामीहरु क्रियाशील हुनेछौं।’
यही भदौ १५ देखि आरम्भ भएको मनिग्रामको नयाँ योजना मंसिर १४ सम्म सञ्चालन हुनेछ। यसअन्तर्गत, मनिग्राममार्फत रकम भुक्तानी पाउने सबै जना भाग्यशाली ‘ड्र’मा सहभागी भई आफूले पाएको रकमको दोब्बर बढी रकम जित्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया