कारोबार


माछापुच्छ्रे बैंकको कार्ड प्रयोग अब निशुल्क

माछापुच्छ्रे बैंकको कार्ड प्रयोग अब निशुल्क

नेपालखबर
भदौ २६, २०७६ बिहिबार १६:९,

माछापुच्छ्रे बैंकले विभिन्न अनलाईनमार्फत सामानहरु खरिद गरि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिपेड कार्ड प्रयोग गरेर सामान वा सेवा खरीद गर्दा अव कुनैपनि शुल्क नलाग्ने सुविधा ल्याएको छ। अनलाईन शपिङ्गमा ग्राहकहरुको बढ्दो आकर्षण लाई मध्यनजर गर्दै बैंकले उक्त सुविधा ल्याएको हो।

ग्राहकहरुले बैंकको भिसा कार्ड प्रयोग गरी दराज, किराना पसल, इ–सेवा पसल लगायतका अन्य थुपै अनलाईनहरु मार्फत सपिङ्ग गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन्। यसैगरी बैंकको अन्तराष्ट्रिय भिसा कार्ड प्रयोग गरी होटल बुकिङ्ग गर्दा समेत शुल्क लाग्ने छैन।

बैंकका कार्ड प्रयोगकर्ताहरुलाई आफ्नो कार्डमा यो सुविधा थप्न नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न बैंकले आव्हान समेत गरेको छ। यस सम्बन्धी थप जानकारी बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको छ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु, १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर १५९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .