ad ad

कारोबार


मलेसिया रोजगारी आइतबारदेखि खुल्ने

मलेसिया रोजगारी आइतबारदेखि खुल्ने

नेपालखबर
भदौ २६, २०७६ बिहिबार ८:४२,

गत वर्षबाट बन्द रहेको वैदेशिक रोजगारीको गन्तव्य मलेसियामा आइतबारबाट खुल्ने भएको छ।

नेपाल र मलेसियाबीच भएको समझदारी कार्यान्वयनमा लैजानेगरी सहमति भएको हाे। अब सोही अनुरुप नेपाली कामदार मलेसिया जानेछन्।

नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्न लागेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन्।

तीन दिनको बैठक पछि बिहीबार मलेसियाको रोजगारी खुलाउने बारेमा समझादारी भएको हो। मलेसियन टोलिसँग नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि वार्तामा रहेको थियो। नेपाल र मलेसियाबीच श्रम समझदारी अनुरुप बाँकी रहेका विषय टुंगो लगाउन दुई देश बिचको प्राविधिक कमिटिको बैठक मलेसिया स्थित पुत्राजयमा मंगलबारबाट भएको थियो।

मन्त्रालयका अनुसार १० वटा बुँदामा सम्झौता भएको छ। श्रम सम्भौतालाई कार्यन्वयन गर्दै अघि बढ्ने तर पहिले नै पठाएको ढाँचामा हाललाई कामदार पठाउने सहमति भएको मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य परीक्षणकोको लागत तथा अन्य लागत बढी भएको भन्दै गत वर्ष जेठदेखि बन्द भएको मलेसियाको रोजगारी श्रम सम्झौताले नै उल्लेख गरेको शुन्य लागतमा पठाउन मलेसिया तयार रहेको छ।
श्रम मन्त्रालयले छनोट गरेको ३६ स्वास्थ्य संस्थाबाट स्वास्थ्य परिक्षण गराउने र कुल सूचीकृत १२२ स्वास्थ्य संस्था मध्ये बाँकी रहेका ८६ संस्थालाई पछि सूचीकृत गर्दै जाने सहमति भएको जनाइएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७५ जेठ ३ देखि मलेसियामा नेपाली युवा पठाउन रोक लगाएको थियो। कामदारको बीमा, फ्रि भिसा फ्रि टिकटको व्यवस्था कार्यान्वयनको अडान राख्दै नेपालले मलेसियामा नेपाली कामदार पठाउन रोकेको थियो। त्यसपछिको पटक पटक वार्तापछि मलेसिया रोजगारी खोल्ने नेपाल र मलेसियाबीच सहमति भएको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .