कामना सेवा विकास बैंक लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उद्देश्यअनुरुप नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडा नं. ०१ स्थित बरूवामा यही भदौ २२ गते आफ्नो ९९औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।
कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरूनी, वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरि प्रसाद लम्साल लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको देशैभर ९९ वटा शाखा कार्यालय रहेका छन्।

प्रतिक्रिया