कारोबार


सिभिल बैंकको ‘एन्युटी डिपोजिट निक्षेप’ योजना

सिभिल बैंकको ‘एन्युटी डिपोजिट निक्षेप’ योजना

नेपालखबर
भदौ २२, २०७६ आइतबार ११:५४,

सिभिल बैंकले नेपालमै पहिलोपल्ट ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना ल्याएको छ। बचत र मुद्दतीको समायोजन गरी नयाँ निक्षेप योजना ल्याइएको बैंकले जनाएको छ। ‘एन्यूटी डिपोजिट निक्षेप’ योजनामा सेवाग्राहीले आफूलाई भविष्यमा आवश्यक पर्ने रकम बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्ने र तोकिएको निश्चित अवधि पूरा भएपछि उक्त बचत रकम एकमुष्ट पाउन सक्ने बैंकले जानकारी दिएको छ।

‘एन्यूटी डिपोजिट निक्षेप’ योजनाअन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहने पनि सिभिल बैंकले जानकारी दिएको छ। न्यूनतम एक हजार रुपैयाँमा सुरु गर्न सकिने यस योजनाअन्तर्गत एकल र संस्थागत दुवै खालका खाता खोल्न सकिने जनाइएको छ।

एक वर्षदेखि सात वर्षको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै गरी भविष्यको योजनाहरुलाई साकार पार्न यो योजनाले सहयोग गर्ने बैंकले जनाएको छ। ग्राहकको इच्छाअनुसार एक वा त्यो भन्दा बढी खाता खोल्न सकिने यो योजनाबाट बचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्त्यमा सावाँ–ब्याज एकमुष्ट रकमको लाभ लिन सक्ने बैंकको दाबी छ।

आवश्यक परे ‘एन्यूटी डिपोजिट निक्षेप’ को बचत रकम तीन महिनापछि खाता बन्द गर्न पनि मिल्ने र मौज्दात रकमको ६० प्रतिशत ऋण निकाल्न मिल्ने सुविधा समेत रहेको सिभिल बैंकले जानकारी दिएको छ। सिभिल बैंकले अहिले देशमा ९६ शाखाहरुमार्फत ग्राहकलाई सरल र सहज रुपमा बैंकिङ सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .