कारोबार


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बागेश्वरी माविमा हाजिरी जवाफ प्रतियोगिता

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बागेश्वरी माविमा हाजिरी जवाफ प्रतियोगिता

नेपालखबर
भदौ २२, २०७६ आइतबार ११:१६,

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड गल्छी शाखाले गल्छी –६, धादिङ्गस्थित बागेश्वरी माविमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ। कार्यक्रममा कृष्णहरी श्रेष्ठ प्रमुख आतिथि तथा कार्यक्रमको सञ्चालन सांग्रिला डेभलपमेन्ट बैंक गल्छीका शाखा प्रमुख गौरव काफ्लेले गरेका थिए।

हाजिरी जवाफ प्रतियोगितामा सो विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको बौद्धिक विकासमा वृद्धि तथा बैंकिङ्ग साक्षरताको पनि वृद्धि हुने भएकोले सांग्रिला डेभलपमेन्ट बैंकद्वारा समय–समयमा यस्ता कार्यक्रमहरु आयोजन गरी आफ्ना सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेको बैंकले जनाएको छ।

यस बैंकद्वारा हाजीरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरुस्कार वितरण गरी विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागिता जनाउन उत्साहित गर्ने कार्यहरु गर्दै आइ्रहेको छ । बैंकले ८७ वटा शाखा कार्यालयहरुबाट सेवा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .