लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा बिहीबार भने सामान्य गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ।
नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासंघले जनाएको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० मा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० निर्धारण गरिएको महासंघले जनाएको छ। बुधबार तेजाबी सुन रु ७३ हजार २०० मा कारोबार भएको थियो।
सुनको मूल्य सामान्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ९४० मा कारोबार भइरहेको छ। रासस
प्रतिक्रिया