कारोबार


मोदीका कारण भारतमा आर्थिक मन्दीः पूर्व प्रधानमन्त्री मनमोहन सिंह

मोदीका कारण भारतमा आर्थिक मन्दीः पूर्व प्रधानमन्त्री मनमोहन सिंह

नेपालखबर
भदौ १५, २०७६ आइतबार १२:२,

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको हालत एकदमै चिन्ताजनक भएको बताएका छन्।

नरेन्द्र मोदी सरकारका कारण देशमा गलत व्यवस्थापन भएपछि आर्थिक मन्दी छाएको सिंहले बताएका हुन्।

सरकारले दुईदिन अगाडि सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा ६ वर्षमा पहिलोपटक आर्थिक वृद्धि दर सबैभन्दा बढी खस्किएको छ।

वर्तमान वित्तीय वर्षको पहिलो तीन महिना गइसक्दा जीडीपीको वृद्धि दर पाँच प्रतिशतमा आएर अड्किएको छ।

यस अगाडि आर्थिक वृद्धि दर ५ दशमलब ८ प्रतिशत थियो। गतवर्षको जुन महिनामा आर्थिक वृद्धि दर ८ प्रतिशतले थियो।

काँग्रेसका तर्फबाट प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको पहिचान एक अर्थशास्त्रीको रुपमा पनि छ।

उनले भने,‘लगतार गिरावट जारी भए भारतको लागि यो ठूलो समस्या हुनेछ। त्यसैले म सरकारसँग अग्रह गर्न चाहन्छु, प्रतिशोधको राजनीतिबाट बाहिर आएर दिमागले कार्य गर्नुस्, सबैको सुन्नुहोस्। अर्थव्यवस्थाको हो हालत सरकारको गल्तीले भएको हो।’ एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad