सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरि नगरपालिका १४, नैकापमा कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
बैंकको तर्फबाट सहायक महाप्रबन्धक रञ्जित मास्के र सिप्रदी ट्रेडिङ्गका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन्। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहकले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारिक बिक्रेता सिप्रदी कम्पनीबाट नयाँ गाडी खरिद गर्न चाहेमा सम्झौताअनुसार कर्जासम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन्।
भृकुटी मण्डपमा भोलिदेखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैकको स्टल नं ई२० बाट थप जानकारी पाउन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया