हङकङमा साहित्यकार भावेश भुमरीको कृति ‘भिसाको रङ’ विमोचन

हङकङमा साहित्यकार भावेश भुमरीको कृति ‘भिसाको रङ’ विमोचन

मगेन्द्र राई
भदौ ९, २०७६ सोमबार ८:८,

काठमाडौंमा बस्दै आएका प्युठानी लेखक भुमरी स्वयंको उपस्थितीमा गत शनिबार साँझ जोर्डनस्थित चुम लुङ हिमको सभाकक्षमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अयोजना साप्लाबुङ प्रकाशनले गरेको थियो। शब्दहरुको माला उन्न माहिर मानिने भावेशले उक्त नियात्रामा बेलायत भ्रमण ताका आफुले देखेका, भोगेका र अनुभव गरेको कुरालाई सुक्ष्म ढङ्गले बिम्ब र रङ्गले पोतेर कलात्मक ढङ्गमा पस्किएका छन्।

कार्यक्रममा नेपालखबर हङकङका ब्लगर कमल पौडेलले उक्त नियात्रा कृतीको समिक्षात्मक टिप्पणी गरेका थिए।

लेखकले कविता संग्रह, गीति संग्रह, एल्बल लगायत एक दर्जन भन्दा बढी कृतिहरु प्रकाशित गरिसकेका छन। उनले साहित्यको क्षेत्रमा दर्जनौं पुरस्कारहरु पाइसकेका छन्।

कार्यक्रममा भुमरीद्वारा रचित गीतहरुको प्रस्तुती “भावेस भुमरी सिर्जना एकल साँझ हङकङ“ मार्फत बरिष्ठ सङ्गितकार दिनेश सुब्बा, गणेश पराजुली, सिके रसाईली पुत्री देवी थापा लगायतकाले दिएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .