सेयरबजार आज ५.११ अंकले बढेको छ। नेप्से सूचक उक्त अंकले बढेर २८७५.४९ विन्दुमा रोकिएको छ भने सेन्सिटिभ सूचक पनि आज ४.१७ अंकले बढेको छ।
कुल २ सय १९ कम्पनी सामेल भएको कारोबारमा आज एक करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर बिक्री भएका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल बजार पुँजीकरण ३९ खर्ब ९४ अर्ब र तरल बजार पुँजीकरण १३ खर्ब ९७ अर्ब रुपैयाँ छ।
कुल १३ मध्ये वाणिज्य बैंक, होटल र पर्यटन, माइक्रोफाइनान्स, जीवन बीमाम, म्युचुअल फन्ड समूहको मात्रै सूचक हरियो छ। बाँकी सबै राताम्य भएका छन्।
आज कमाउने लगानीकर्ताले ८.१७ प्रतिशतसम्म र गुमाउनेले अधिकतम ५.४८ प्रतिशतसम्म गुमाएका छन्।
त्यस्तै आज माथिल्लो तामाकोशी जलविद्युत परियोजनाको ६६ करोडको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया