कारोबार


खोप लगाएर विदेशबाट आउनेले होटल क्वारेन्टिन बस्न नपर्ने (निर्देशिकासहित)

खोप लगाएर विदेशबाट आउनेले होटल क्वारेन्टिन बस्न नपर्ने (निर्देशिकासहित)

नेपालखबर
असार १४, २०७८ सोमबार ९:३६,

कोरोना खोप लगाएर नेपाल आउनेले होटल क्वारेन्टिन बस्न नपर्ने भएको छ। सरकारले विदेशबाट आगमन हुने यात्रुहरुको व्यवस्थापन सम्बन्धी आदेश २०७८ अनुसार खोप लगाएकाले १० दिन सेल्फ क्वारेन्टिन बस्न सकिने छ।

‘कोभिड विरुद्धको खोपको पुरा मात्र लगाएका यात्रुले पीसीआर निगेटिभ रिपोर्ट ल्याए १० दिन सेल्फ क्वारेन्टिन बस्न पाउने भएका छन्। सेल्फ क्वारेन्टिन बसे नबसेको जिल्ला र स्थानीय तहले अनुगमन गर्ने छन्,’ आदेशमा उल्लेख रहेको छ।

हवाइ यात्राको लागि यात्रुको चेक इन गर्दा अघि ७२ घण्टाभित्रको फोटो एवं बारकोड सहितको परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण देखाउनु पर्नेछ।

विदेशबाट नेपाल आगमान गर्ने यात्रुले यात्रा गर्नुअघि अबोर्ड रिटर्नी म्यानेजमेन्ट सिस्टम अनलाइन फारम भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर आउनु पर्नेछ।

विदेशबाट आएका यात्रुले अनिवार्य ७ दिन सूचीकृत होटलमा अनिवार्य रुपमा बस्नुपर्ने आदेशमा उल्लेख गरिएको छ।

होटल क्वारेन्टिन अवधि पूरा गरेका यात्रुहरुले पीसीआर परीक्षणको उपलब्धताको आधारमा सातौं दिनमा आफ्नै खर्चमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा ४ दिन होम क्वारेन्टिन बस्नेगरी पठाउन सकिनेछ।

काज किरियामा सहभागी हुन आउनेले स्थानीय तह वा सीसीएमसीको सिफारिसको आधारमा एन्टीजेन परीक्षण गरी निगेटिभ आए घर जान दिइने छ।

त्यस्तै अशक्त दिर्घरोगी र फरक क्षमताका व्यक्तिहरुको पनि एन्टीजेन परीक्षण नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिन बस्न सक्नेछन्।

सरकारी कर्मचारी कूटनीतिक नियोगका कर्मचारी वा सुरक्षाकर्मीले सम्बन्धित निकायको सिफारिसको आधारमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने छ।

स्थलमार्गबाट १३ वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न सकिने छ। जसमा पशुपतिनगर, काँकडभिट्टा, रानी, भिट्टामोड, गौर, विरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाह, गौरीफन्टा, पुलघाट, झुलाघाट र गड्डाचौकी नाका रहेका छन्।

यस्ताे छ निर्देशिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad