ad ad

कारोबार


‘आयल निगम घाटामा छ, अझै मूल्य बढ्न सक्छ’

‘आयल निगम घाटामा छ, अझै मूल्य बढ्न सक्छ’

नेपालखबर
असार ११, २०७८ शुक्रबार ९:१७,

नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ।

नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए।

हाल आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उनले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मूल्यवृद्धि गरिएको उनले प्रष्ट्याए। आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उनको भनाइ छ।

उनले भने, ‘तेल उत्पादनको कटौती आफ्नो ठाउँमा छ। लगानीकर्ताहरु क्रुड र डलरमा केन्द्रित भएको अवस्था छ। हामीले लागत नै महंगोमा किनिसकेपछि कम्पनीले त नाफै नगरे पनि नोक्सान त सहनु भएन नि भन्ने हिसाबले, नोक्सानीलाई कम गर्दै जाने रणनीति अन्र्तगत। नाफा कमाउने त कुनै उद्देश्य छैन। अरु नोक्सानीमा नजाओस् भन्ने ध्यानमा राख्दै कार्यविधिको अधिकारको पनि न्युनतम भन्दा न्युनतम प्रयोग गरेर मूल्य बढाएको स्थिति हो।’

आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल/मट्टीतेलको साबिकको बिक्री मूल्यमा २ रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ।

त्यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ बिक्री मूल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ। यति वृद्धि गर्दापनि आयल निकै अझै घाटामा रहने प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए।

(न्युज एजेन्सी नेपालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .