ad ad

राजनीति


संसद विघटन बहस : निवेदक पक्षको साढे दुई घण्टा बाँकी, यस्तो छ थप समयतालिका

संसद विघटन बहस : निवेदक पक्षको साढे दुई घण्टा बाँकी, यस्तो छ थप समयतालिका

नेपालखबर
असार ११, २०७८ शुक्रबार ८:२८,

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक पक्षले आइतबार पनि बहस गर्ने भएका छन्।

अन्तिम सुनुवाइका लागि १२ घण्टा समय तोकिएकोमा अझै उनीहरुको लागि २ घण्टा ३५ मिनेट समय बाँकी रहेको हो।

शुक्रबार निवेदक पक्षबाट बरिष्ठ अधिवक्ताहरु श्रीहरी अर्याल, दिनमणी पोख्रेल, सुनिल पोख्रेल, टिकाराम भट्टराई, मुक्ति प्रधान र गोपाल कृष्ण घिमिरेले बहस गरेका छन्।

आइतबार चिया समयभन्दा पहिलेसम्म निवेदक पक्षले बहस गर्नेछन्। त्यसपछि सरकार पक्ष अथवा निवदनका विपक्षीले बहस गर्नेछन्।

उनीहरुका लागि १५ घण्टा समय दिइएको छ। विपक्षीमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट छुट्टाछुट्टै बहस हुनेछ।

त्यसको प्रत्युतरमा निवेदक पक्षले फेरि ३ घण्टा समय पाउने छन्।

एमिकस क्युरीले २ घण्टा राय दिनेछन्। त्यसपछि मुद्दाको फैसला हुनेछ।

यो पनिः

‘कसैलाई पनि प्रधामन्त्री नियुक्त गर्दिनँ भन्ने अधिकार राष्ट्रपतिलाई कहाँ छ?’

प्रधानन्यायाधीशले सोधे– विश्वासको मत लिन्न भन्ने ठाउँ राष्ट्रपति कार्यालय हो कि संसद्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .