ad ad

कारोबार


पोखरा महानगरपालिकाको कुल बजेट ६ अर्ब २७ करोड ७५ लाख

पोखरा महानगरपालिकाको कुल बजेट ६ अर्ब २७ करोड ७५ लाख

नेपालखबर
असार १०, २०७८ बिहिबार ६:५६,

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि कुल बजेट ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको सार्वजनिक गरेको छ।

पोखरा महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङले आज सार्वजनिक गरेको विभिन्न विनियोजनका क्षेत्रहरुमा प्रस्तावित कार्यक्रमहरुलाई रकमको व्यवस्थापन गर्दै आगामी आर्थिक वर्षको लागि कुल ६ अर्ब बढीको आय व्ययको विवरण पेश भएको हो।

उक्त बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात ४१ प्रतिशत व्यहोरिने जनाइएको छ।

त्यस्तै प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने छ।

यसो गर्दा १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून हुने देखिन्छ। न्यून हुन जाने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालू आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने बताइएको छ।

कुल विनियोजनमा चालूतर्फ २ अर्ब ९० करोड ९४ लाख अर्थात् ४६ दशमलव ४ प्रतिशत, पुँजीगत खर्चतर्फ ३ अर्ब ३६ करोड ८० लाख अर्थात ५३ दशमलव ६ प्रतिशत विनियोजन प्रस्ताव गरिएको छ।

खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अर्थात् १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, अर्थात २ प्रतिशत, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, २२ दशमलव सातपाँच प्रतिशत, कृषितर्फ १४ करोड ४९ लाख अर्थात २ दशमलव ३ प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, ६ दशमलव ४ प्रतिशत, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६ दशमलव ६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरिएको आज पेश भएको बजेटमा उल्लेख छ।

तर चालू आर्थिक वर्ष ०७७।७८ को लागि भने कुल ५ अर्ब ३४ करोड ७१ लाख ७८ हजार को आय व्यय प्रस्ताव स्वीकृत गरिएको थियो।

यही २०७८ जेठ मसान्त सम्मको आय प्रगतिको अध्ययन गर्दा प्रस्तावित आय प्राप्त हुने अवस्था नदेखिएको महानगरले नै जानाकारी गराएको छ।

महानगरका अनुसार सोही तथ्यलाई राजश्व परामर्श समितिको मिति २०७८ वैशाख २८ गते बसेको बैठकको सुझाव बमोजिम आन्तरिक आयको अंक २ अर्ब ३६ करोड ५१ लाख ११ हजार रहेकोमा संसोधन गरी २ अर्ब ४ करोड २६ लाख ९९ हजार ८ सय ६८ संशोधित अनुमान कायम गरिएको छ र यसबाट आन्तरिक आय अनुमानमा ३२ करोड २४ लाख ११ हजार १ सय ३२ न्युन हुने र कुल बजेटमा पनि सोही अंक न्यून हुन जाने अवस्था देखिएको छ।

गत, आर्थिक वर्ष समापन हुँदा कार्यालयमा मौज्दात रहन गएको रकमबाट उक्त न्यूनपूर्ति गरी विनियोजन ऐनलाई निरन्तरता दिइएको छ। र यसै बजेटमार्फत् उक्त प्रस्ताव अनुमोदनको लागि यस सम्मानित सभामा पेश गरिएको महानगरले जनाएको छ।

चालू आर्थिक वर्षको हालसम्मको प्रगति विश्लेषण गर्दा, यही २०७८ जेठ मसान्त सम्म आयतर्फ कुल ३ अर्ब ९५ करोड ६३ लाख अर्थात संशोधित अनुमानित आयको ७८ प्रतिशत तथा व्ययतर्फ कुल २ अर्ब ४२ करोड ४० लाख अर्थात अनुमानित व्ययको ४५ प्रतिशत व्यय भएको देखिन्छ।

गत आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको पुँजीगत खर्च हुने अन्तिम चौमासिकमा कोभिड–१९ को कारणले निषेधाज्ञा जारी भएपछि पुँजीगत खर्च न्यून हुन गएको महागनरको दावी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .